Dhulikhel Eco Banner new

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

5.84K
shares

काठमाडौं, २२ पुस । माया खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको १ सय रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले मंसिर २३ गते देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट जम्मा ८,८०७ जना आवेदकहरुबाट ७,७४,२३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुको आवेदन रद्द भएको छ ।

बाँकी रहेको ८,२५९ जना आवेदकहरुको ७,२६,८७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता शेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता शेयरको आवेदन प्राप्त आज पुस २२ गते बाडफाँट गरिएको हो ।

उक्त शेयर १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता शेयर बाँडफाँट गरीएको र बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता शेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँट सम्पन्न गरिएको छ ।