Dhulikhel Eco Banner new

उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र लामिछानेबीच क्रसर उद्योगका विषयमा छलफल

वैधानिक क्रसर उद्योग बन्द नगर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

4.86K
shares

काठमाडौं, २४ पुस । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वैधानिक रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न नहुने बताएका छन् । कानूनी रुपमा दर्ता गरेर राज्यको अनुमति लिएर सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्दा पूर्वाधार निर्माणमा असर परेको गुनासो पछि उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

यस विषयमा आइतबार विहान उपप्रधानमन्त्री श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई टेलिफोन गरेर क्रसर बन्द हुँदा निर्माण क्षेत्रमा असर परेको गुनासो आएको जानकारी गराएका थिए । असरबारे जानकारी गराउदै वैधानिक रुपमा सञ्चालनमा रहेका उद्योग बन्द नगर्न भनेको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले बताएको छ ।