GBIME

एनएमबि लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1.07K
shares

काठमाडौं, २८ पुस । एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Dhulikhel Eco Resort 1200*100