GBIME

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

804
shares

काठमाडौं, ४ माघ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा माघ २५ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी सभाले यस कम्पनी र अन्य कुनै पनि बीमा कम्पनी एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव२०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १७ गते देखि २५ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा माघ १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।