बानेश्वर सडकमा आत्मदाह गरेका आचार्यलाई सहिद घोषणा गर्न माग
वि.सं.२०७९ माघ ११ बुधवार १२:४२
shares

काठमाडौं, ११ माघ । बानेश्वर सडकमा आफैलाई आगो लगाई आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाजले माग गरेको छ ।
समाजको तर्फबाट केन्द्रीय महासचिव बाबुराम आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सहिद घोषणा गर्न माग गरेका हुन् ।
पछिल्ला नीतिका कारण व्यवसाय गर्नै नसकिएको भन्दै १३ हजार शब्दको वृतान्त लेखेर आचार्यले आत्मदाह गरेका थिए ।
बानेश्वरको संसद भवन अगाडि आफैले आफैलाई आगो लगाएका आचार्यको बुधबार विहान उपचारका क्रममा निधन भएको छ ।
राज्यविरुद्ध कठोर आन्दोलन गरेको भन्दै आचार्य बन्धु समाजले उनलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग राखेको हो ।



















