GBIME

नेको इन्स्योरेन्सको साधारणसभा माघ १५ गते, लाभांशको प्रस्ताव पारित गर्ने

2.14K
shares

काठमाडौं, १३ माघ । नेको इन्सुरेन्स लिमिटेडले आइतवार अर्थात माघ १५ गते २७औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभा लिसरा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा पुस २८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।