GBIME

अपि पावरले लाभांश पारित गर्न बोलायो साधारणसभा

888
shares

काठमाडौं, १८ माघ । अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १४ गते थापागाउँ स्थित बानेश्वर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश, हकप्रद निष्काशन लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।