GBIME

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

1.3K
shares

काठमाडौं, १८ माघ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । हिजो केही ओरालो लागेको सुनको मूल्य आज भने बढेको हो ।

बिहिबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।