GBIME

साना किसान लघुवित्तले कमायो ४३ करोड ४९ लाख नाफा

1.76K
shares

काठमाडौं, १८ माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ३३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ३२ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४३ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा ३४ दशमलव ३९ प्रतिशत बढेकाले पनि खुद नाफामा वृद्धि भएको हो । गत वर्ष रू. ४६ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड ३ लाखभन्दा बढी यो नाफा गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. २६ करोड ९६ लाखभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड ४४ लाख १३ हजार छ ।

शेयर प्रिमियममा रू. १ करोड ८२ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १ अर्ब ५९ करोडभन्दा बढी छ । जगेडा कोष रकम भने रू. १ अर्ब ४३ करोडभन्दा बढी कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ४४ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३० अर्ब ८६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले रू. १७ अर्ब २१ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।

गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ५५ दशमलव ६१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २९४ दशमलव ४९ छ ।