Dhulikhel Eco Banner new

श्रमिकले खाइपाइ आएको सुविधा नपाए सेवा बन्द गर्छौँ : बद्री भण्डारी (भिडियो सहित)

15.67K
shares

काठमाडौँ, २२ माघ । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका केन्द्रीय सचिव बद्री कुमार भण्डारीले श्रमिकको पेटमा लात हान्ने गरी १० प्रतिशत सेवा सुल्क हटाउने काम भएको आरोप लगाएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा सचिव भण्डारीले श्रमिकलाई हतोसाहित गर्ने गरी यस्ता कार्य गर्दा श्रमिकहरु विदेश पलायन हुने अवस्था आउने बताएका हुन् ।

होटल रेष्टुरेन्टमा काम गर्ने श्रमिकले पाउँदै आएको सेवा शुल्क नपाएको अवस्थामा विदेश जानुको विकल्प नरहेको उनले बताए । ‘हामीहरु अहिले आन्दोलनमा रहेका छौँ । हामीले खाइपाइ आएको सुविधा कसरी हुन्छ पाउनु पर्छ भन्ने हो,’ उनले भने, ‘हामीले अदालतको निर्णय मान्दैनौ भनेको छैनौ । खाली श्रमिकको पेटमा लात हान्ने काम नहोस् भन्ने मात्रै हो ।’

श्रमिकले पाएको सेवा सुविधा नपाउने अवस्था आएमा मजदुर संगठनले ‘नो सर्भिस चार्ज नो सर्भिस’ सम्मको आन्दोलन गर्ने उनले चेतावनी दिए । १० प्रतिशत सेवा शुल्कले कुनै पनि उपभोक्तालाई मार नपरेको उनको दाबी छ । ‘२० हजार रुपैया तिरेर एक रात विताउने उपभोक्ताले थप २ हजार रुपैयाँ तिर्न सक्दैन भन्ने मलाई लाग्दैन,’ उनले भने ।