GBIME

जीवन बीमा कम्पनीको व्यवसाय सामान्य वृद्धि, पुस मसान्तसम्म ७१ अर्व बढी शुल्क आर्जन

1.11K
shares

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्म जीवन बीमा कम्पनीहरुको व्यवसायमा १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय १.०४ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए भने चालु आर्थिक वर्षको पुस समान्तसम्म ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५७ अर्ब ४७ करोड बराबरको नवीकरण बीमा शुल्क संकलन गरेका छन् भने नयाँ बीमितबाट १४ अर्व १७ करोड बराबरको शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा कुल सक्रिय बीमालेको संख्या १ करोड ४१ लाख ९ हजार १५० रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा १० वटा जीनव बीमा कम्पनीको व्यवसाय घटेको छ भने ९ वटा कम्पनीको व्यवसाय बढेको छ । गत वर्षको तुलनामा नेपाल लाइफ, आइएमई लाइफ, नेशनल लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेन्स (एलआइसी), राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफले व्यवसाय वृद्धि गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार रिलायवल नेपाल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, सूर्या लाइफ र एशियन लाइफको व्यवसाय घटेको छ ।

६ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको व्यवसया २६.०१ प्रतिशले बढेको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको व्यवसाय १८ अर्व ३९ करोड ८ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै यो अवधिमा आइएमई लाइफको बीमाशुल्क संकलन १९.३६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफको बीमाशुल्क पनि १३ प्रतिशतले बढेर ७ अर्ब ६८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

महालक्ष्मी लाइफको व्यवसाय ७.८८ प्रतिशतले बढेर ७५ करोड रुपैयाँ, सानिमा लाइफको ५.८५ प्रतिशतले बढेर १ अर्ब २४ करोड, रिलायन्स लाइफको ४.८९ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ, एलआईसी नेपालको ४.०२ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन लाइफको २.५९ प्रतिशतले बढेर २ अर्ब ६६ करोड रुपैयाँ र नेपाल लाइफको १.३२ प्रतिशतले बढेर १८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस्तै, राष्ट्रिय बीमा संस्थानको व्यवसाय ०.७६ प्रतिशतले बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क सबै भन्दा धेरै १२.९८ प्रतिशतले घटेर १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ५ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको थियो । यस्तै, युनियन लाइफको व्यवसाय ९.०४ प्रतिशतले घटेर ३ अर्ब ७५ करोड रुपैयाँ, प्राइम लाइफको ८.५३ प्रतिशतले घटेर २ अर्ब २६ करोड रुपैयाँ र मेट लाइफको ६.२२ प्रतिशतले घटेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै सन नेपाल लाइफको ५.३३ प्रतिशतले १ अर्ब ९४ करोड रुपैयाँ, प्रभु लाइफको ०.७८ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँले घटेको छ । ज्योति लाइफको व्यवसाय १३.६० प्रतिशतले घटेर १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ र सूर्या लाइफको व्यवसाय १५.७८ प्रतिशतले घटेर २ अर्ब ८ अर्ब ४७ लाख रुपैयाँमा सीमित भएको छ ।

एशियन लाइफको व्यवसाय ०.०५ प्रतिशतले घटेर ३ अर्ब ४६ लाखमा सीमित भएको छ । पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफले ५९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।