Dhulikhel Eco Banner new

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

4.94K
shares

काठमाडौं, ५ फागुन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर फागुन ५ गतेदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार ११५ मूल्य तोकेर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्यशिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर बिक्री गरिने पनि कम्पनीले बताएको छ ।