GBIME

५ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो प्रतितोला ?

1.14K
shares

काठमाडौं, ५ फागुन । स्थानीय बजारमा सुनको मूल्य ५ रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।