माई खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति
वि.सं.२०७९ फागुन ५ शुक्रवार १३:००
shares

काठमाडौं, ५ फागुन । माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते अनुमति दिएको हो । कम्पनीले गत भदौ २२ गते आईपिओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।
बोर्डबाट अनुमति पाएसँगै अब माई खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।



















