GBIME

स्कटल्याण्डद्धारा नेपाल सामू २७५ रनको लक्ष्य प्रस्तुत

1.05K
shares

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलिले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाएपछि नेपालले २७५ रनको लक्ष्य पाएको हो ।

निकै खराब सुरुवात गरेको स्कटल्याण्डका माईकल लिग्सले सानदार शतक प्रहार गरेपछि उसले प्रतिपस्र्धात्मक योगफल खडा गरेको हो । उनले ८५ बलमा १०७ रनको पारी खेले । उनको एकदिवसीय अन्तराष्ट्रियमा यो पहिलो शतक हो ।

त्यस्तै ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए । कुनै समय १११ रनमा ६ विकेट गुमाएको स्कटल्याण्डले त्यस पछि भने सम्मालिएर खेलेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिदाँ सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेतलले समान १/१ विकेट लिए ।