Dhulikhel Eco Banner new

नयाँ मन्त्रीहरूलाई आइतबारै सपथ गराउने तयारी, कांग्रेससँग प्रधानमन्त्रीले मागे नाम

5.76K
shares

काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेको छन् । आइतबार साझसम्ममा सपथ गराउने गरि प्रधानमन्त्री प्रचण्डले तयारी गरेका हुन् । यसका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससहितका दलसँग नाम मागिएको प्रधानमन्त्री निकट श्राेतले बताएको छ ।

‘प्रधानमन्त्री ज्यूले शनिबार साझ नै सत्ता साझेदार दलहरुसँग मन्त्री बनाउने नाम माग्नु भएको छ, दिउसाेसम्म नाम आयाे भने साझ सपथ हुन्छ’ श्राेतलेेे भन्यो । यद्यपि, कांग्रेसले अझै पनि क-कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सकेको छैन । भाेलि दिउसाेसम्म नाम पाए आइतबार नै नभए पनि ढिलाेमा साेमबारसम्म नयाँ मन्त्रीको सपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ । नयाँ मन्त्री नियुक्त सँगै अहिलेका केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर हुनेछ । सम्भवतः उपप्रधानमन्त्री श्रेष्ठ गृहमन्त्री बन्नेछन् । गृहमन्त्री बन्ने लगभग पक्का भए पछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार दिउसाे १ बजे पत्रकार सम्मेलन समेत बाेलाएका छन् ।