Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट

6.01K
shares

काठमाडौं, १२ चैत । आइतबार अमेरिकी डलरमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आइतबार २६ पैसा घटेको हो । अघिल्लो दिन १ अमेरिकि डलरको मूल्य १३१ रुपैयाँ ९६ पैसा रहेको थियो भने आइतबार १३१ रुपैयाँ ६८ पैसा खरिद दर ताकिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै आइतबारका लागि तोकिएको विनिमयदर अनुसार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

त्यस्तै पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०५ पैसा र बिक्री दर ३५ रुपैयाँ २१ पैसा रहेको छ ।