Dhulikhel Eco Banner new

ज्योति विकास बैंककाे आयाेजनामा कटारीमा वित्तीय साक्षरता

7.75K
shares

उदयपुर, ११ चैत । ग्लोबल मनी वीक (सप्ताहा) अन्र्तगत ज्योती विकास वैंक कटारी शाखाको आयोजनामा कटारीमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
उदयपुर उधोग वाणीज्य संघ कटारीको भवनमा नेपाल प्रहरी,सशत्र प्रहरी र स्थानियमा वित्तिय साक्षरता दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको ज्योति विकास बैंक कटारी शाखा प्रमुख राम आचार्यले बताउनु भयो।

वैंकको शाखा प्रमुख आचार्यका अनुसार विश्वको १ सय ९ देशले प्रत्यक्ष र १ सय ७० देशले भर्चुअल माध्यमबाट मनाउँदै आएका छन् ।यस वर्ष पैसाको योजना नै तपाईको भविष्य भन्ने नाराका साथ सप्ताहा मनाईदैंछ ।
युवामा वित्तीय साक्षरता सम्बन्धि ज्ञान सृजना गर्नुका साथै जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने शाखा प्रमुख आचार्यले बताउनुभयो । वित्तीय साक्षरता कार्यक्रममा बैंक भनेको के हो? बैंकले दिने सेवा सुविधा के -के हुन् ?कसरी सेवा लिन सकिन्छ? ऋण,बचत र डिजिटल बैंकिङ शेयर सम्बन्धमा प्रशिक्षण दिएको प्रमुख आचार्यले बताउनु भयो।
वित्तिय साक्षरता कार्यक्रम यो वर्ष पनि नेपाल राष्ट्र बैंकको निर्देशनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले मनाईरहेका छन्। शुक्रवार मात्र कटारी शाखाले उदयश्री बहुमुखी क्याम्पस कटारीमा समेत युवाहरुमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो। कार्यक्रममा वैंकका मनिष निरौला र सन्तोष पाण्डेको पनि उपस्थिति रहेको थियो ।