२२ जनाबाट तीन महिनामा १० लाख बढी नक्कली नोट बरामद
वि.सं.२०७९ चैत १२ आइतवार ०८:३२
shares

काठमाडौं, १२ चैत । नेपाल प्रहरीले पछिल्लो दिन महिनाको अवधिमा नक्कली नोटकको कारोबारमा संलग्न २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार मंसिरदेखि माघसम्म उनीहरुबाट १० बढी नक्कली नोट बरामद गरिएको छ ।
प्रहरीले बरामद गरेका नोटमा ५०० र १ हजारका नोट रहेका छन् । प्रहरीको तथ्यांक अनुसार मंसिर महिनामा ३ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र पाँच सय दरका ४ हजार नक्कली नोट बरामद गरेको थियो । यो संख्या पुसमा ह्वातै बढेको देखिन्छ । पुस महिनामा नक्कली नोटको कारोबारमा संलग्न १७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीलो ५ लाख ३६ हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै माघ महिनामा भने प्रहरीले ४ लाख ४४ हजार नक्कली नोट बरामद गरेको छ । माघ महिनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।



















