Dhulikhel Eco Banner new

शेयर बजार घटबढ हुनु लगानीकर्ताका लागि अवसर हो : नयन बास्तोला

5.45K
shares

काठमाडौं, १२ चैत । पछिल्लो समय शेयर बजार लगातार रुपमा घटिरहेको छ । शेयर लगानीकर्ता नयन बास्तोलाले भने शेयर बजार नयाँ अर्थमन्त्री आए पछि बढ्ने बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा बास्तोलाले अहिले शेयर बजारमा देखिएको समस्या विस्तारै समाधान हुने बताएका हुन् ।

‘अहिले गठबन्धन परिवर्तन भएको र अर्थमन्त्री को आउँछ भन्ने कुराले लगानीकर्ताहरु पर्ख र हेरको नीतिमा रहेका छन् । नयाँ अर्थमन्त्री आए पछि शेयर बजारमा सुधार देखिन्छ,’ उनले भने । बास्तोलाले अर्थमन्त्री र अर्थसँग जोडेर शेयर घटाउने गरेको बताएका छन् ।

उनले पोजेटिभ धारणाले नै लगानीकर्ताहरुले कुरिरहेको बताए । अहिले सरकारले पूर्णता नपाएका कारण शेयर बजारमा केही त्यति धेरै उत्साह नदिएको दाबी गरे । बाँकी सबै कुरा अर्थमन्त्रीको हातमा रहेको भन्दै उनले भने ‘अर्थमन्त्रीको अर्थतन्त्रलाई सम्हाल्न सक्ने क्षमता भएको नभएको कुरामा शेयर बजार निर्भर हुन्छ ।’

अर्थतन्त्रको सबल पक्ष भनेको नै मार्केट रहेको उनको भनाइ थियो । अर्को सरकार आएपछि त्यो सरकारले यी कुराहरुलाई समाधान गर्छ भन्ने लगानीकर्ताहरुको आशा रहेको उनले बताए । ‘धितोपत्र वोर्ड, सरकार र अर्थमन्त्री मिलेर यो समस्याको समाधान गर्नुहुन्छ भन्ने हाम्रो आश छ,’ उनले भने । राष्ट्र बैंकले मार्केट हेरेर निति नियम परिवर्तन गर्ने गरेको छ यो एकदमै दुःखद रहेको उनले बताए । यसमा नेपाल राष्ट्र बैंकले पनि केही सोच्नुपर्ने अवस्था आएको उननको भनाइ छ ।

उनले समग्र लगानीकर्तालाई ५०, १०० अंक घटबढ हुने कुरा सामान्य रहेको र यो एउटा अपरच्युनिटि समेत रहेको बताएका छन् । उनले लगानीकर्तालाई सामाजिक सञ्जाल तथा तथ्यहिन समाचारबाट जोगिन पनि उनले आग्रह गरेका छन् ।