इण्डिकेटरमा समस्या देखिएपछि भैरहवा उड्न लागेको बुद्ध एअरको जहाँजको टेकअफ रद्द
वि.सं.२०७९ चैत १३ सोमवार २०:११
shares
फाइल फोटो
काठमाडौं, १३ चैत । बुद्ध एअरको भैरहवा उड्न लागेको विमानमा समस्या भए पछि टेकअफ नै रद्द भएको छ । जहाँजको ‘इण्डिकेसन’मा समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एअरको एटीआर जहाजले टेकअफ रद्द भएको हो ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक इण्डिकेसन समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो । यसलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ । जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ । त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।



















