Dhulikhel Eco Banner new

होटल इच्छाले पायो पाँचतारेको मान्यता

मधेश प्रदेशकै पहिलो पाँचतारे होटल बन्यो इच्छा

7.89K
shares

काठमाडौं, १४ चैत । मधेश प्रदेश कै पहिलो पाँचतारे होटलको रुपमा बाराको सिमरामा होटल इच्छा सञ्चालनमा आएको छ । चर्चित घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेले सञ्चालन ल्याएको होटल इच्छाले सोमबार पाँचतारे होटलको मान्यता पाएको हो ।

सुरुमा पाँचतारे होटलको नबनाए पनि पछि वाग्लेले पाँचतारे होटलको रुपमा लगानी थपेर स्तरोन्नति गरेका हुन् । पाँचतारे होटलको मान्यता पाएसँगै होटल इच्छा मधेश प्रदेशकै पहिलो पाँचतारे होटल बन्न सफल भएको छ ।

होटल इच्छा पहिले ९० करोड लगानीमा ६० बेडरुमको बनेको थियो । पछि ३० करोड रुपैयाँ लगानी थपेर पाँच तारे होटलका लागि आवश्यक मापदण्ड पुरा गरिएको सञ्चालक वाग्लेले बताएका छन् ।
स्वीमिङ पुल, रेस्टुरेन्ट र सभाहलसहित सञ्चालनमा आएको होटललाई पाँच तारे होटलको मापदण्ड तयार भइसकेपछि पाँचतारे होटलको रुपमा मान्यता पाएको हो ।