अमेरिकी डलरको मूल्य घट्यो
वि.सं.२०७९ चैत १४ मंगलवार ०८:५४
shares

काठमाडौं, १४ चैत । अमेरिकी डलरको मूल्य आज सामान्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार सामान्य घटेको हो ।
सोमबार १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६८ पैसा रहेको थियो भने मंगलबार १३१ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै, मंगलबारका लागि युरो एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा तथा जापानी येन १० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ४ पैसा तय गरिएको छ ।
साउदी रियाल खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ, यूएईको दिराम १ को खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।
मलेसियाको रिंगिट १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ ।



















