कोरोनाको जोखिम बढ्दै, एक हप्तामा पाँच जनाको मृत्यु
वि.सं.२०८० वैशाख ६ बुधवार १०:०४
shares

काठमाडौं, ६ वैशाख । पछिल्लो समय कारोना संक्रमणको जोखिम बढ्न थालेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मंगलबार मात्रै थप दुई जनाको कारोनाका कारण मृत्यु भएको थियो । मंगलबार १७१ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ । वैशाख ३ गते कोरोनाबाट भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय वृद्धको मृत्यु भएको थियो । वैशाख ३ गते नै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको थियो । यसअघि नेपालमा कोरोनाबाट चैत २९ गते पनि एक जनाको मृत्यु भएको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको छ भने मृत्यु हुनेको दर १.२ प्रतिशत रहेको छ । हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ९२४ रहेको छ ।



















