Dhulikhel Eco Banner new

पाउण्ड र डलरको मूल्य बढ्यो, कुन देशको विनियमदर कति ?

5.41K
shares

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार नेपाली रुपैयाँ थप कमजोर बनेको छ । राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार सबैजसोको विनिमयदर बढेको हो ।

अघिल्लो दिन पनि बढेको डलरको मूल्य आज पनि बढेको छ । बुधबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै बुधबार पाउण्डको मूल्य पनि बढेको छ । पाउण्डको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको थियो ।

बुधबार युरोको मूल्यमा भने सामान्य गिरावट आएको छ । युरोको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको थियो ।

राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।