Dhulikhel Eco Banner new

नबिल र एनबी बैंकको मर्जर सम्बन्धी मुद्दाको सुनुवाई आज

6.36K
shares

काठमाडौं, ४ जेठ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनवाई आज बुधबार हुने भएको छ । मंगलबारका सुनुवाईको समय तोकिएको भए पनि सो रिटमा बहस गर्ने वकिल उपस्थित नभएका कारण बुधबारसम्मका लागि सारिएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त रिट माथि बहस हुनेछ । सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । बुधबारको इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । बुधबार अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा निर्णय हुने जनाइएको छ । दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ ।