Dhulikhel Eco Banner new

उद्योगपति गोल्यानको आग्रह– कृषि र पर्यटनमूलक उद्योगमा लगानी बढाऔँ

6.16K
shares

काठमाडौं, २४ वैशाख । चर्चित उद्योगी तथा बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष पवनकुमार गोल्यानले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् । मुलुकको आर्थिक अवस्था सुधारका लागि आन्तरिक उत्पादनमा जोड दिनु पर्ने भन्दै अध्यक्ष गोल्यानले यस्तो अनुरोध गरेका हुन् ।

सिबिफिनको मूख्य आयोजनामा जारी विजनेश समिटमा बोल्दै अध्यक्ष गोल्यानले नेपालबाट निर्यात बढाउन पनि आवश्यक रहेको बताए । उनले कृषि प्रशोधन केन्द्र, पूर्वाधार निर्माण लगायतमा ध्यान दिनुपर्ने बताए ।

उनले पर्यटन क्षेत्रमा अहिले पनि विद्युतको लागत मूल्य उच्च कायम रहेको बताए ।नेपालमा शैक्षिक, कृषि, पर्यावरण पर्यटन भित्राउन तथा नेपाली उत्पादन बढी प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने उनको धारणा छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायहरुको सहभागितामा काठमाडौंमा जारी विजनेश समिट आजै साझ सकिदैछ ।

काठमाडौंको याक एण्ड यति होटलमा भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समिटको उद्द्धाटन गरेका थिए ।