Dhulikhel Eco Banner new

बाली लगाउनु पहिले नै कृषि उपजको समर्थन मूल्य तोकिने

5.25K
shares

काठमाडौं, ५ जेठ । सरकारले आउँदो आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले कृषि कर्जा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने बताएका हुन् । साना तथा सीमान्तकृत किसानलाई योजनामा आधारित किसान पेन्सन योजनाको आधारमा अवधि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपक्षी तथा खाद्यसम्बन्धी प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गरिने बताइएको छ ।