GBIME

अर्थमन्त्रालयमा थन्कियो ‘एसएमई प्लेटफर्म नियमावली’, बजेट अगाडि हेर्दै नहेरिने

5.39K
shares

काठमाडौं, १० जेठ । नेपाल धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली–२०८० अर्थमन्त्रालयमा थन्किएको छ । बोर्डले जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको थियो । ७ गते नै मन्त्रालय पुगेको उक्त नियमावली अहिले वित्तीय महाशाखामा थन्किएको छ ।

उक्त नियमावली बजेट अगावै नहेरिने भएको छ । मन्त्रालयले अध्ययन गरेर मन्त्रिपरिषदमा पेश गर्नु पर्ने हुन्छ । मन्त्रिपरिषद्मा पेश भएपछि मात्रै नियामावली लागू हुन्छ । तर अहिले बजेटको चटारोले गर्दा नियमावलीका विषयमा अध्ययन गर्ने समय समेत भएको मन्त्रालयका एक हाकिमले केटिएम भ्वाइसलाई बताए ।

उता मन्त्रालयका प्रवक्ता धनिराम शर्मा पनि बजेट अगावै हुने वा नहुने विषयमा केही जानकारी नभएको सुनाउछन् । बजेट लेखनमा सक्रिय अर्थले १५ जेठ भन्दा अगाडि नियमावली खोलेर हेर्ने सम्भावना पनि न्युन छ ।

धितोपत्र बोर्डका प्रवक्त्ता मुक्तिनाथ श्रेष्ठले उक्त नियमावली अर्थ मन्त्रालयबाट क्याबिनेटमा जाने र क्याबिनेटबाट पास भएर आएपछि मात्रै लागु हुने बताए । उनले उक्त नियमावली स्वीकृत भएर आएपछि साना तथा मझौला कम्पनीको कारोबार समेत छुट्टै प्लेटफर्मबाट हुने हुँदा पूँजी बजारबाट पैसा उठाउन सजिलो हुने बताए ।

‘अहिले साना तथा मझौला कम्पनीहरुलाई बजारबाट पैसा उठाउन लागत निकै धेरै लाग्ने समस्या समाधान हुन्छ ।’ उनले भने, नेप्से इन्डेक्समा पनि साना तथा मझौला कम्पनीको छुट्टै इन्डेक्स हुने हुँदा नेप्से परिसूचक घटबढ हुँदा पनि खासै असर पर्दैन ।’

Follow Up

अर्थमा पुगेको ‘एसएमई प्लेटफर्म नियमावली’मा के छ ?

अर्थमा पुगेको ‘एसएमई प्लेटफर्म नियमावली’मा के छ ?