युरो, पाउण्ड र डलरको मुल्य घट्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
वि.सं.२०८० जेठ १० बुधवार ११:४७
shares

काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनियमदर अनुसार आज डलर, युरो र पाउण्डको मूल्य घटेकोे हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको थियो । त्यस्तै आज पाउण्डको मूल्य पनि घटेको छ ।
बुधवार पाउण्डको मुल्य पाउण्डको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४७ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ ६१ रुपैयाँ र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा रहेको थियो ।
मंगलबार युरोको मूल्य पनि घटेको छ । राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार युरोको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ १० पैसा बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा रहेको थियो ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै भारतीय मुद्राको विनिमयदर १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।



















