Dhulikhel Eco Banner new

६ सयले बढ्यो सुनको मूल्य

3.97K
shares

काठमाडौं १०, जेठ । नेपाली बजारमा आज बुधवार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ६ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।