नेपाल खानेपानी संस्थानमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८३ वैशाख ६ आइतवार १०:१५
shares

काठमाडौं, ६ वैशाख । नेपाल खानेपानी संस्थानले विभिन्न पदहरूमा खुला तथा प्रतियोगितात्मक परीक्षामार्फत १५३ जना कर्मचारी भर्ना गर्ने भएको छ। त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमार्फत संस्थानले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न सेवा तथा समूहअन्तर्गत दरखास्त आह्वान गरेको हो।
संस्थानका अनुसार उपप्रबन्धक, सहायक प्रबन्धक, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत, शाखा अधिकृत, सहायक अधिकृत, सहायक लेखा अधिकृत, सहायक कानुन अधिकृत, वरिष्ठ सहायक, हेभी इक्विपमेन्ट ड्राइभर, लेखापाल, सब–इन्जिनियर, सुपरभाइजर, केमिस्ट, वरिष्ठ कम्प्युटर अपरेटर, सहायक, सिनियर मिटर रिडर, हेभी ड्राइभर, सहायक लेखापाल, सिनियर प्लम्बर, प्लान्ट अपरेटर, पम्प अपरेटर, मिटर मेकानिक्स तथा कम्प्युटर अपरेटर पदमा आवेदन खुलाइएको छ।
तोकिएको शैक्षिक योग्यता तथा मापदण्ड पूरा गरेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सकिने व्यवस्था गरिएको संस्थानले जनाएको छ।
दरखास्त फाराम संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयबाट प्राप्त गर्न सकिनेछ भने संस्थानको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी पनि पेश गर्न सकिनेछ।
इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन संस्थानले अनुरोध गरेको छ।




















