GBIME

संघीय संसद अन्तर्गत पाँच समितिको बैठक बस्दै, बजेटमाथि पनि छलफल हुने

1.1K
shares

काठमाडौं, १६ जेठ । संघीय संसद अन्तर्गत पाँच समितिको बैठक आज(मंगलवार) बस्दैछ । जसमध्ये प्रतिनिधि सभा अन्तर्गतको तीन र राष्ट्रिय सभा अन्तर्गतको दुई समितिको बैठक आज बस्ने भएको हो ।

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गत विद्यायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्दैछ भने, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारबाट जारी बजेटका सम्बन्धमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण लगायत बिषयगत अन्य मुद्दा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।