GBIME

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि अदालतमा बयान हुने

1.49K
shares

काठमाडौं, १६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विरुद्धको अदालतमा बयान आज(मंगलवार)बाट पुनः सुरु हुने भएको छ । सार्वजनिक विदाका कारण सोमवारको बयान रोकिएको थियो ।

गत १२ जेठबाट पक्राउ परेका विरुद्धको बयान जिल्ला अदालतमा जारी छ । यसक्रममा पक्राउ परेका मध्ये मुख्य बिचौलिया केशव दुलाल, सागर राई, टंक गुरुङ, सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिसकेको छ ।

दुलाल र राईको १२ जेठमा बयान भएको थियो भने, गुरुङ, भणडरी र महर्जनको १४ जेठमा बयान भएको थियो । उनीहरुले अदालतमा इन्कारी बयान दिएका छन् । पक्राउ परेका डा. इन्द्रजीत राईको पनि १४ जेठमै बयान तोकिएको थियो । तर, स्वास्थको कारण देखाउँदै उनले बयान दिन अस्वीकार गरेका थिए । उनको बयान आजै हुनेछ । उनीहरुसँगै सानु भण्डारी, सन्देश शर्माको पनि बयान लिने अदालतको तयारी छ ।

घटनामा १६ अभियुक्त पक्राउ परेका छन् । १४ फरार छन् । अनुसन्धानको ६० दिनपछि अभियुक्त विरुद्ध अदालतमा मुद्या दर्ता भएको थियो । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्या चलाइएको छ ।

उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्यामा २६ करोड ७४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।