GBIME

लायन्स ३२५ एचको सेकेण्ड भाइस गभर्नरमा सिलवाल

516
shares

काठमाडौं, २३ वैशाख । लायन्स ३२५ एचकोसेकेण्ड भाइस गभर्नरमा शिक्षासेवी उद्धव सिलवाल निर्वाचित भएका छन् । शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको निर्वाचनबाट सिलवाल सर्वसम्म रुपमा सेकेण्ड भाइस गभर्नर निर्वाचित भएका छन् ।

निर्वाचित भए पश्चात आफ्नी श्रीमतीसहित सिलवाल

यससँगै सिलवाल आगामी २ वर्षपछि लायन्स ३२५ एचको गभर्नर बन्ने पक्कापक्की भएको छ । मारीगोल्ड स्कुलका संस्थापक सिलवाल समाजसेवामा सकृय व्यक्ति हुन् । लायसन्स क्लब अफ भक्तपुर मारिगोल्डका चार्टर प्रेसिडेन्स रहेका सिलवाल नेपाल रेडक्रस सोसाइटी बालकोट उप–शाखाका संस्थापक सभापति एवं नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सचिव समेत हुन् ।