GBIME

भोलि सार्वजनिक बिदा दिने बागमती प्रदेश सरकारको निर्णय

1.07K
shares

काठमाडौं, २३ वैशाख । बागमती प्रदेश सरकारले भोलि २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय कार्यान्वयन आएको अवसर पारेर प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी प्रवक्ता मनुका घिमिरेले सोमबार बिदा दिने निर्णय भएको केटिएम भ्वाइसलाई जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकार माताहतका सबै सार्वजनिक तथा सरकारी कार्यालयहरु भोलि बन्द रहनेछन् ।

प्रदेश सरकारले गरेको निर्णय भएका कारण संघीय सरकार अन्तरर्गतका कार्यालयहरु भने बन्द हुने छैनन् ।