लुम्बिनी विकास बैंकको सेवा प्रभावित हुुदै, मोबाइल बैंकिङदेखि एटिएम बन्द
वि.सं.२०७९ जेठ ६ शुक्रवार १४:५१
5.79K
shares
shares

काठमाडौं, ६ जेठ । लुम्बिनी विकास बैंकको सेवा आज शुक्रवार राति अवरुद्ध हुने भएको छ ।
बैंकको सिस्टम अपग्रेड गर्ने कार्य संचालन गर्नु पर्ने भएकोले बैंकको कार्ड, मोबाइल बैंकिङ, एवं इन्टरनेट बैंकिङ लगायतका सेवा २०७९ जेठ ६ गते शुक्रवार राति ११ बजे देखी २०७९ जेठ ७ गते बिहान ३ बजेसम्म सेवा अवरुद्द हुने जानकारी गराएको हो ।
यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी रहेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।















