GBIME

लोकल बन्दा प्रतिकेजी ८ रुपैयाँमा नै पाइन्छ, अन्य फलफुल तथा तरकारीको मुल्य कति?

1.3K
shares

काठमाडौं, २० जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु (मुडे)३८ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८०, तने बोडी ९०, लोकल घिउ सिमी ५०, भटमासकोशा १२०, मटरकोशा १८०, राजमा सिमी ११०,तिते करेला ४०, लौका ५०, परवल लोकल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो ४०, घिरौंला ५०, भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २००, ब्रोकाउली ९०, तोफु ११०, लोकल काँक्रो १२० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

आज चमसूर,पालुंगो र मेथिको सागमा २० रुपैयाँले मूल्य बढेर आएको छ । चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १५०, मौसम १५०, अनार ३२०, केरा दर्जनको १३०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा भारतीय ११० र लिच्ची लोकल १८० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।