Dhulikhel Eco Banner new

प्राइम लाइफले गर्यो शेयर संरचना परिमार्जन

6.28K
shares

काठमाडौं, ६ जेठ । प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले शेयर संरचना परिमार्जन गरेकोे छ ।

मर्जरमा जाने सम्झौता गरेको कम्पनीले २७ लाख ७९ हजार ६१५.५८ संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

शेयर संरचना परिमार्जन पश्चात कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ ।

यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भइसकेको छ । मर्जरमा जाने भएपछि नेप्सेले तीनवटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।