GBIME

महोत्तरीमा चल्यो गोली

1.12K
shares

काठमाडौं, २० असार । महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ । गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीप कुुमार गिरीले यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको जानकारी दिए । गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको बताए ।

मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार गोली प्रहार गरेको कारण खुल्न सकेको छैन ।