Dhulikhel Eco Banner new

८ सयले घट्यो सुनको मूल्य

4.32K
shares

काठमाडौं, ५ साउन । आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ। हिजो बिहीबार रेकर्ड राखेको सुन आज भने ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ।

त्यस्तै आज चादीँ भने १५ रुपैयाले घटेको छ । आज १५ रुपैयाँले घटेको चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।