शेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्याे
वि.सं.२०८० भदौ ६ बुधवार १५:३७
5.95K
shares
shares

काठमाडौं, ६ भदौ । कारोबारको चौथो दिन आज शेयर बजारमा २९ अंकको सुधार आएको छ । आज बुधबार २९ दशमलव ४९ अंकले गिरावट आएर शेयर बजार २०४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज २७३ कम्पनीका ४२ लाख ३७ हजार ०६९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ४ दशमलव ३० अंकले घटेर ३९० दशमलव २८ विन्दुमा पुगेको छ ।



















