शेयर बजार बढ्दा यी ५ कम्पनीले कमाए
वि.सं.२०८० भदौ ६ बुधवार १६:१०
shares

काठमाडौं, ६ भदौ । बुधबार शेयर बजार दोहोरो अंकले उकालो लाग्यो । बजार समग्रमा बढ्दा धेरै कमाउनेमा भने हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य बुधबार प्रतिकित्ता ५७ रुपैयाँ ९० पैसाले बढेर ६३७ रुपैयाँ ४० पैसा पुगेको छ । धेरै शेयर मूल्य बढ्ने दोस्रोमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ र तेस्रोमा लिवर्टी इनर्जी कम्पनी देखिएको छ । ग्लोबलको ब्यालेन्सफण्ड ९.६४ प्रतिशत अर्थात ८० पैसाले बढेर ९ रुपैयाँ १० पैसा पुगेको छ ।
धेरै शेयर मूल्य बढ्नेमा डोल्टी पावर कम्पनी र मायाखोला हाइड्रोपवर देखिएको छ । डोल्टीको शेयरमूल्य १६ रुपैयाँ ६० पैसाले बढेर २०४ रुपैयाँ पुगेको छ भने मायाखोलको शेयर मूल्इ प्रतिकित्ता १६ रुपैयाँले बढेर २०५ पुगेको छ ।



















