Dhulikhel Eco Banner new

शेयर बजारमा केही सुधार, कारोबार रकममा भने गिरावट

7.15K
shares

काठमाडौं, ११ भदौ । कारोबारको दोस्रो दिन आज शेयर बजारमा ५ अंकको सुधार आएको छ । आज सोमबार ५ दशमलव ०९ अंकले सुधार आएर शेयर बजार परिसूचक १९९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता शेयर खरिद बिक्री हुँदा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ४५ अंकले बढेर ३८३ दशमलव ५६ विन्दुमा पुगेको छ ।