Dhulikhel Eco Banner new

थप कमजोर बन्यो नेपाली रुपैयाँ

6.44K
shares

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको भाउ एक रुपैयाँले बढेको छ ।

आज एक रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ । युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।