Dhulikhel Eco Banner new

हिमालयन लघुवित्तले बोलायो साधारणसभा

6.18K
shares

काठमाडौं, ३ पुस । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुस २५ गते काठमाडौंमा आफ्नो १२ औं वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभामा विविधसहित ६ वटा प्रस्ताव पारित गर्ने संस्थाको तयारी छ । साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित गर्नेदेखि सञ्चालक नियुक्ति गर्ने सम्मका छन् ।

लघुवित्तले सर्वसाधारणको तर्फबाछ प्रतिनिधित्व गर्ने एक जना सञ्चालक नियुक्त गर्ने र संस्थापकबाट नियुक्त भएका सञ्चालकको निर्णय अनुमोदन गराउने प्रस्ताव समेत साधारणसभामा लग्नेछ ।