Dhulikhel Eco Banner new

सि.जी. डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा ०% किस्ताबन्दीको सुविधा

5.3K
shares

काठमाडौं, १५ पुस ।  सि.जी. डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको ०% किस्ताबन्दी मार्फत अब ग्राहकबर्गहरुले कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एल. जी, सि.जी. र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टि.भी., रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मुल्यमा खरिद गर्न सक्नुहुनेछ।

यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखेको छ। यो सहकार्यले गर्दा अब १२ महिने ०% किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको छ।

यसका साथै झन्झट मुक्त ०% किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याज्दरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्।

ग्राहकहरूले एल. जी., सि.जी.  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टि.भी., रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू बिशेष छुटमा नै ०% किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्।

सि.जी. डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत् गर्ने र इलेक्ट्रोनिक्स् बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने कुरामा दुबै पक्ष विस्वस्थ छन्।

यो सुविधा उपत्यका भित्र रहेका सबै सि.जी. डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। तसर्थ, ग्राहकहरूले आफ्नो सुविधा अनुसार नजिकैको शोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न सक्नुहुनेछ। थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९/ ९८५१२३७०३८ मा फोन गर्न सक्नुहुनेछ।