Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको बुक क्लोज भोलि, साधारणसभामा भाग लिन आजै किन्नुस् शेयर

5.9K
shares

काठमाडौं, १६ पुस । गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबार शेयरधनी किताव बन्द (बुक क्लोज) गर्दैछ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंकले पुस २९ गते पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त साधारणसभामा शेयरधनीका हिसाबले भाग लिन आजसम्म शेयरधनी भएको हुनुपर्नेछ । गरिमाले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादैछ ।