बालकुमारी घटना छानविन गर्न पूर्वन्यायाधीस पौडेलको अध्यक्षतामा बन्यो आयोग
वि.सं.२०८० पुस १६ सोमवार १०:०१
shares

काठमाडौं, १६ पुस । सरकारले बालकुमारी घटना छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीस शेखर पौडेलको अध्यक्षतामा बन्यो जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यहरुमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई रहेका छन् । उक्त समितिलाई सत्यतथ्य जाँचबुझ गरी दोषिलाई कारबाही सिफारिस गर्न एक महिनाको समय दिइएको छ ।
कोरियाली भाषा अध्ययन गरी पानीजहाज परिक्षामा फेल भएकाहरुले अन्य कामका लागि कोरिया जान परिक्षामा सहभागी नै हुन नपाएको भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा एकजनाको प्रहरीले चलाएको गोली लागेर र अर्का एक जनाको भागदौडका क्रममा मृत्यु भएको थियो । सोही घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडि समेत प्रदर्शनकारीले जलाइदिएका थिए ।
घटनामा मृतक परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँका दरले दिने घोषणा गरेको छ ।



















