Dhulikhel Eco Banner new

नेपाली गलैंचा उत्पादन संघको छौठौं साधारणसभा सम्पन्

7.49K
shares

काठमाडौँ, २१ पुस । नेपाली गलैंचा उत्पादन तथा निकासीकर्ता संघको छौठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले काठमाडौँको चाबहिलमा अबस्थित एक सभा हलमा हिजो शुक्रबार सभा सम्पन्न गरेको हो ।

सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष तेन्जिङ शेर्पाले १४ वर्ष माथिका व्यक्तिहरुले काम गर्न पाउनु पर्ने माग राखेका थिए  । `नेपाल गलैंचा भनेर बिदेशीले अर्कै देशमा बनेको गलैंचा बेच्ने गरेको पनि पाएको छु´ अध्यक्ष शेर्पाले मन्तव्यको क्रममा भने, `त्यसको अर्थ हामी प्रचार गर्न मामिलामा अन्य देश भन्दा अगाडि छौँ ।´

संघको प्रमुख अतिथिको रुपमा उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचीव नारायण प्रसाद शर्मा दुवाडी रहेका थिए । सचीव शर्माले गलैंचा उद्योगीसँग मिलेर सरकार काम गर्न तयार रहेको बताएका थिए ।

सभामा गलैंचाको कच्चा पदार्थमा ८० प्रतिशत नेपालमै पाईने भएकाले गलैंचा उत्पादनमा सवै जोड दिएर लाग्नु पर्ने व्यवसायीले भताएका थिए ।